एजेन्सी (इटाली) १३ असार–इटालियन सिरी ए अन्तरगत शुक्रबार भएको खेलमा युभेन्टसले लेच्चेमाथि ४-० को फराकिलो जित हात परेको छ।

लेच्चेमाथि ४-० को फराकिलो जित हातपार्ने क्रममा युभेन्टसका लागि पहिलो गोल खेलको ५३ औं मिनेटमा पाउलो डिबालाले गरे।

त्यसपछि दोश्रो गोल ६१ औं मिनेटमा क्रिश्चियानो रोनाल्डोले गरे। उनले सो गोल पेनाल्टीमार्फत गरेका हुन्।लेच्चेका डिफेन्डरले रोनाल्डोलाई लडाएपछि युभेन्टसले पेनाल्टीको मौका पाएको थियो।

त्यसपछि युभेन्टसले खेलको ८३ र ८५ औं मिनेटमा दुई गोल गर्यो। ती गोल क्रमशः गोन्जालो हिगुआइन र म्याथिस डि लिग्टले गरेका हुन्।

जितसँगै लिगको शीर्ष स्थानमा रहेको युभेन्टसले दोश्रो स्थानमा रहेको लाजियोसँग ७ अंकको दुरी बनाएको छ।

युभेन्टसको भन्दा एक खेल खेलेको लाजियोको २७ खेलबाट ६२ अंक छ। यसैगरी तेश्रो स्थानमा रहेको इन्टर मिलानको ५८ अंक छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *