काठमाडौं, १३ असार–देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ५५४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

शनिबार थपिनेमा १२० जना महिला र ४३४ पुरुष छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार तीन सय ९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार रसुवा जिल्लामा पनि संक्रमित भेटिएसँगै देशका ७७ वटै जिल्लामा कोरोना फैलिएको छ। पछिल्लो समयसम्म पनि रसुवा जिल्लामा भने कोरोना पुगेको थिएन।

त्यस्तै आज १८ महिला र ११८ पुरुष गरी १३६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। हालसम्म कोरोनाबाट डिस्चार्ज हुनेको कुल संख्या दुई हजार ८ सय ३७ पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *