नवलपरासी, १४ असार–बर्दघाट नगरपालिका–२ चिसापानीको क्वारेन्टाइनमा रहेका एक ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। ती पुरुषको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको बर्दघाट नगगगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए।

शनिबार राति करिब १२ बजे स्वास्थ्य अवस्था गम्भीर भएपछि परिवारलाई खबर गरी अस्पताल लगिएको ज्ञवालीले बताए। बर्दघाट–२ चिसापानीका ती पुरुष असार १२ मा भारतको मुम्बईबाट आएर चिसापानी दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए।

उनी प्रेसरका बिरामी र प्यारलाइसिस समेत भएको ज्ञवालीले बताए। मृतकको स्वाब संकलन गर्ने प्रकृयामा रहेको ज्ञवालीले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *