काठमाडौं, १४ असार–आज बिहान देशका पूर्वी क्षेत्रमा सामान्य वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। भारी वर्षा हुने स्थानहरुमा बढि पहिरोको संभावना रहेकोले सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

आज राति प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *