काठमाण्डौं, १४ असार–नेकपा उपाध्यक्ष वामदेव गौतमले विगतमा आफूमाथि अन्याय भएको भन्दै न्यायको माग गरेका छन्।

स्थायी समितिको जारी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले महाकाली सन्धिमा गल्ती भएको र त्यो कुरा उठाउँदा आफूलाई कारबाही भएको भन्दै न्याय माग गरेका हुन्।

‘महाकाली सन्धि राष्ट्रका पक्षमा छैन भनेर आवाज उठाउँदा मलाई कारबाही भयो। अहिले आएर त्यो सन्धि राष्ट्रघाती थियो भन्ने प्रमाणित भएको छ,’ गौतमका भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘त्यो सन्धि गलत थियो भनेर पार्टीले निर्णय गर्नुपर्छ। मलाई पनि न्याय दिनुपर्छ।’

नेपाल र भारतबीच २०५२ सालमा महाकाली सन्धि भएको थियो। त्यही सन्धिलाई लिएर नेकपाभित्र आन्तरिक विवाद बढेर नेकपा एमाले विभाजन भएको थियो। २०५४ फागुनमा महाकाली सन्धिकै कारण एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो।

पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाल र वर्तमान प्रधानमन्त्री केपी ओली लगायत नेताहरू सन्धिका पक्षमा थिए। सन्धिलाई राष्ट्रघाती भन्ने सिपी मैनाली, राधाकृष्ण मैनाली, सहाना प्रधान लगायतलाई तत्कालीन एमालेले कारबाही गरेको थियो।

‘एमाले फुटाएको दोष आज पनि मलाई गइरहेको छ। अहिले पनि मैले त्यो अपमान भोगिरहेको छु,’गौतमले भने,’ ‘२५ वर्षपछि मैले उठाएको एजेन्डा सही भएको छ। त्यसैले अब मलाई न्याय चाहिन्छ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *