एजेन्सी तेहरान, १४ असार–इरानको इस्लामिक रिभोल्यूसनरी गार्डस कर्पोरेसन (आईआरजीसी) ले आफ्ना चार नयाँ हतियार सम्बन्धी जानकारी सार्वजनिक गरेको छ।

बिबिसीका अनुसार यसमा १२ हजार फिटमाथिबाट काम गर्न सक्षम एक जासुसी ड्रोन समावेश छ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले इरानमाथि हतियार खरिदमाथि लगाएको प्रतिबन्ध बढाउने चर्चा चलिरहेका बेला इरानको सर्वोच्च सेनाले यी हतियारको जानकारी सार्वजनिक गरेको हो।

शनिबार आइआरजीसीका कमान्डर जनरल हुसैन सलामीले स्वदेशी हतियारको बारेमा जानकारी दिएका हुन्। यी हतियार आईआरजीसीको स्थल सेनाको रिसर्च एण्ड सेल्फ(सफिसेन्सी जिहाद अर्गनाइजेसनले बनाएको हो।

यी हतियारमा बिटिआर-५० ट्याक पनि एउटा हो। यो मकरान ट्याकको नयाँ संस्करण हो यसलाई नयाँ ढाँचा दिइएको बिबिसीले जनाएको छ।

यसमा अग्नि नियन्त्रण प्रणाली, थर्मल नाइट भिजन क्यामरा र दुरी मापन लेजर प्रणाली छ। यो प्रणालीले जमिन र आकाशमा निशाना लगाउन ट्याकलाई सहज बनाइदिएको छ। ट्याकंमा ३० एमएम क्यालिवरको स्वचालित तोप र ७.७२ क्यालिवरको मेसिनगन जडान गरिएको जसलाई ट्याकभित्रैबाट नियन्त्रण गर्न सकिन्छ।

के हो मेराज-१ ड्रोन ?

इरानले सार्वजनिक गरेका चार हतियारमध्ये मेराज-१ नाम दिइएको ड्रोनले विशेष चर्चा पाइरहेको छ।

यो जासुसी विमान १२ हजार फुटमाथि १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा उडान गर्न सक्षम रहेको बिबिसीमा प्रकाशित समाचारमा उल्लेख छ। ३५ किलोग्राम वजनको यो ड्रोन साढे १० घण्टासम्म निरन्तर उड्न सकने र ५ किलो तौल उठाउन सक्ने भएको जनाइएको छ।

३.६ मिटर लामो पंखा भएको यस ड्रोनको क्षमता हजार किलोमिटरसम्मको रहेको छ भने १ सय ५० किलोमिटर टाढासम्म यसले डाटा पठाउन सक्छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *