काठमाडौं, १४ असार–सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।सामान्य विवादका क्रममा दुई पक्षबीच झडप हुँदा १० जना बढी घाइते भएका छन् ।
घटना सामान्य भएपनि पछि उग्र बन्दै गएपछि झडपमा परिणत भएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिहंले जानकारी दिए ।
एक प्रहरी अधिकारीका अनुसार ट्याक्टरले मोटरसाइकललाई धक्का दिएको भन्दै विवाद सुरु भएको हो । त्यही विवाद बढ्दै जाँदा राजनीतिक रुपमा झडप भएको हो । झडपका क्रममा गोली चलेको बताइए पनि प्रहरीले भने त्यसको पुष्टि गरेको छैन ।