काठमाडौं, १५ असार–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा तालिकाको पुछारमा रहेको इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो।

अवे मैदान भएको खेलमा निकालेको यो जितसँगै रियल मड्रिडले बार्सिलोनासँग २ अंकको दुरी कायम गरेको छ। इस्पानियोलविरुद्धको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरे। जितपछि रियाल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ।

दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६९ अंक छ। ६ खेल मात्रै बाँकी रहेको अवस्थामा रियाल मड्रिडले सदाबहार प्रतिद्धन्दी बार्सिलोनासँग महत्वपूर्ण अग्रता लिएको छ। रियाल मड्रिड सन् २०१२ यता पहिलो पटक ला लिगाको उपाधि होडमा छ।

गएराति नै भएका अन्य खेलमा लेभान्तेले रियल बेटिसलाई ४–२ ले हरायो भने भ्यालेन्सिया भिल्लारियलसँग २–० ले पराजित भयो। यस्तै इबरले ग्रानाडालाई २–१ले हरायो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *