काठमाडौ, १६ असार–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको छ। नेकपाको स्थायी कमिटी बैठक चलिरहेका बेलामा प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।

राष्टपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। नेकपाको जारी स्थायी कमिटी बैठकमा नेपाल भारत सीमा समस्याको बिषयमा छलफल चलिरहेको छ। तर, प्रधानमन्त्री ओलीले बालुवाटारमा भएको बैठक छलिरहेका छन्।

प्रधानमन्त्री ओलीले नेपालले नयाँ नक्सा जारी गरेपछि आफूलाई पदबाट हटाउने रणनीति भइरहेको अभिव्यक्ति दिएका थिए। तर, बैठकमा नेताहरूले सिमा समस्या समाधानका लागि तत्काल भारतसँग वार्ता बस्नुपर्ने माग गरिरहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *