काठमाडौं, १६ असार–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्। मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्‍न शाखाहरुमा मंगलबार छड्के निरीक्षण गरेका उनका एक सहयोगीले जानकारी दिए।

निरीक्षणका क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेको पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई के कारणले उपस्थित हुन नसकेको होरु बुझेर नियमित कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन दिएका छन्।

मन्त्री भट्टराईले कार्यालयको सरसफाई र लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गरेका छन्। मन्त्रिपरिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारीका लागि मन्त्री भट्टराईले विभिन्‍न शाखाका प्रमुखलाई निर्देशन दिएका छन्।

निरीक्षणपछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सबै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने जानकारी दिएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *