काठमाडौं, १७ असार–नेकपा स्थायी समितिमा प्रधानमन्त्रीको राजीनामा माग गरिएपछि पछि प्रधानमन्त्री ओली आन्तरिक छलफलमा जुटेका छन्। राजीनामा मागेको भोलिपल्ट आज प्रधानमन्त्रीले परामर्श गर्न मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन्।

मन्त्रीहरूलाई उनले बिहान ७ बजे बालुवाटार बोलाएका हुन्। उनले मन्त्रीसहित आफू निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतलाई पनि बोलाएका हुन्। उनीहरु सबै अहिले बालुवाटार पुगिसकेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आन्तरिक परामर्शका लागि मन्त्रीहरूलाई बोलाइएको भए पनि त्यसबारे थप बताउन चाहेनन्। प्रधानमन्त्री ओलीले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्शसमेत गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *