काठमाडौं, १७ असार–स्पेनिस ला लीगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग बराबरी खेलेको छ। गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।

लियोनल मेसीले फुटबल करियरमा ७ सय गोल पूरा गरेको खेलमा बार्सिलोना जित निकाल्नबाट भने बञ्चित रह्यो। बराबरीको नतिजासँगै उपाधि होडमा रहेको बार्सिलानालाई पुनः धक्का लागेको छ। उसले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

बार्सिलोनाको ७० अंक भएको छ। शीर्ष स्थानको रियल मड्रिडको ७१ अंक छ। एट्लेटिको ५९ अंकसहित तेस्रो स्थानमा छ। डिएगो कोस्टाको आत्मघाती गोलसँगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो। साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्‍याएका थिए।

लियोनल मेसीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए। तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यस्तै गएराति नै भएका अन्य खेलमा सेभिल्लाले लेगानेसलाई ३–० ले हराउँदै शीर्ष चारको दौडमा आफुलाई कायम राखेको छ भने मालोर्काले सेल्टा भिगोमाथि ५–१ गोल अन्तरले पराजित गर्यो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *