काठमाडौं, १७ असार–लोकप्रिय गायक खुमन अधिकारीको यस वर्षको तीज गीत सार्वजनिक भएको छ। अधिकारीले यस वर्ष ‘कहिलेकाहीँ त भेटम न सानु’ बोलको तीज गीत ल्याएका हुन्। गीतमा खुमनलाई लोकप्रिय गायिक शान्ति श्री परियारले स्वरमा साथ दिएकी छन्।

गायक अधिकारीकै संगीत रहेको उक्त गीतको शब्द भने बैकुण्ठ महतले लेखेका हुन्। यो गीतमा अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका बारण भेट हुन नपाएकमाहरुलाई लक्षित गरेर ल्याइएको छ।

गीतको भिडियोमा अधिकारी आफैँ र अञ्जली अधिकारी रहेकी छन्। गीतको भिडियोलाई स्मृती तिमिल्सैना गुरुआमाले निर्देशन गरेकी छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *