चितवन, १७ असार–अर्बुद रोग निवारणका निम्ति युवाहरुको नेतृत्वमा स्थापना गरिएको संस्था ‘नेप्लिज यूथ अगेन्स्ट क्यान्सर, नेपाल’ (एन्वाईएसी) ले आफ्नो पहिलो संस्करणको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरिय खुला अनलाइन निबन्ध लेखन प्रतियोगिता, २०७७ सम्पन्न गरेको छ ।

संस्थाले अघिल्लो एक सालदेखि अर्बुद रोग निवारणका निम्ति राष्ट्रिय स्तरबाट विभिन्न जनचेतना मुलक कार्यहरु निरन्तर रूपमा गर्दै आइरहेको कुरा संस्थाका संस्थापक सदस्य अमित सापकोटाले बताएका छन्।

कोरोना महामारिका कारण भएको लकडाउनले सबैको रचनात्मक क्रियाकलापहरुमा परिरहेको प्रतिकुल असरलाई मध्यनजर गर्दै यो विषम् परिस्थिमा केन्द्रित रहि आफ्ना अनुभवमाथि प्रकाश पार्दै ‘कोभीड–१९ अनि मेरो लकडाउन’ नामक शीर्षकमा निबन्ध लेखनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले संस्थाले प्रतियोगिता आयोजना गरेको कुरा संस्थाका संयोजक केशव खनालले प्रस्ट पारे।

सम्पूर्ण उमेरवर्गका विद्यार्थी, शिक्षण पेशाकर्मी, सामाजिक युवा आदिलाई लक्षित गरी आयोजना गरिएको निबन्ध लेखन (अंग्रेजी–नेपाली) प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट करीब २०० जना प्रतिस्पर्धीहरु सहभागी भएका थिए । उक्त प्रतियोगितामा दोलखा, नेपालाका बिबेक सोदारी प्रथम भएका छन् । उनले नगद रु १५००, प्रमाणपत्र सहित संस्थाको १ वर्षे निःशुल्क सदस्यता प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगितामा महाराजगंज, नेपालकी अदिति शाह द्वितीय हुन सफल भएकी छिन् । उनले नगद रु। १०००, प्रमाणपत्र सहित संस्थाको १ वर्षे निःशुल्क सदस्यता प्राप्त गरेकी छिन्। यसका अतिरिक्त बिर्तामोड, झापाकी संस्कृति रिजलाले तृतीय स्थान प्राप्त गर्दै रु। ५००, प्रमाणपत्र संगै संस्थाको १ वर्षे निःशुल्क सदस्यता प्राप्त गरिन् । सान्त्वना स्थान प्राप्त गर्नेमा बारा, नेपालका आकाश गुप्ता रहेका छन्। उनले प्रमाणपत्र सहित संस्थाको १ वर्षे निःशुल्क सदस्यता प्राप्त गरेका छन् भने अन्य सबै प्रतिस्पर्धीले सहभागिताको प्रमाणपत्र ई-मेल मार्फत प्राप्त गर्ने भनिएको छ।

एन्वाईएसी नेपालका संस्थापक सदस्य साथै कार्यक्रम संयोजक भरत ढुंगानाको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख निर्णायकको भूमिका दमक बहुमुखी क्याम्पस, दमक झापाका अंग्रेजी विभागका वरिष्ट प्राध्यापक बास्कोटा धनन्जयले निर्वाह गरेका थिए। सबै प्रतिस्पर्धीलाई धन्यबाद संगै शुभकामना दिँदै एन्वाईएसीमा नियमित रुपमा हुने साहित्यिक श्रृङखला अन्तर्गत राष्ट्रिय तथा अन्तराष्ट्रिय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको र आउदा दिनमा चाडै अन्य प्रतियोगितालाई निरन्तरता दिने जानकारी पनि संयोजक ढुंगानाले दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *