जीवनसिंह राजवंशी शिबसताक्षी, १७ असार–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्जमा लकडाउनको सदुपयोग गर्दै महिलाहरुलाई लक्षित गरेर १० दिने झोला बनाउने तालिम शुरु भएको छ ।

वडाभित्र रहेका महिलाहरुलाई सिप तथा क्षमता विकास गराउदै उनिहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले झोला बनाउने तालिम सुरु गरिएको हो । महिलाहरुको आय आम्दानीमा वृद्धि गर्नका लागि सीप तथा क्षमता निर्माणमा सघाउ पुगोस भन्दै वडा कार्यालयले तालिमको आयोजना गरिएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

खासगरी, लगातारको लकडाउनमा सीप सिक्नका लागी र कोरोना भाईरसको संक्रमणबाट बच्न आवस्यक शुरक्षा अपनाएर तालिम संचालन गरीने वडा कार्यालयले जनाएको छ । तालिममा वडाका ३० जना महिलाहरुले सहभागीता जनाएका छन् ।

वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले सिप सिकेर मात्र नहुने बताउनुहुँदै सिपलाई व्यवसायीकण तर्फ पनि जोड्नु पर्ने बताए । झोला बनाउने तालिम उद्ध्घाटन कार्यक्रममा शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष एबम् शिबगञ्जका स्थानीयवासी भोलानाथ मैनाली, नेपाल रेडक्रस सोसाईटी शिवसताक्षी उपशाखाका सभापती एबम् स्थानीयवासी नारायण दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षीका नेता एबम् स्थानीयवासी लोकबहादुर रोक्का लगायतको सहभागीता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *