एजेन्सी, १९ असार–इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेष्टर सिटीसँग लज्जास्पद हार व्यहोरेको छ। लिगको उपाधि जितिसकेको लिभरपुल दोस्रो स्थानको म्यानचेष्टर सिटीसँग ४–० गोलले पराजित भएको हो।

आज विहान घरेलु मैदानमा सकिएको खेलमा सिटीले पहिलो हाफमै ३ गोल गरेको थियो। सिटीका लागि केभिन डी ब्रुयनले २५ औं मिनेटमा पाएको पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाए। ३५ औं मिनेटमा रहिम स्टरलिङ र ४५ औं मिनेटमा फिल फोडेनले गोल थप्दै ३–० को अवस्थामा पुर्‍याए।

खेलको ६६ औं मिनेटमा लिभरपुलका च्याम्बर्लिङले आफ्नै पोष्टमा गोल गरेपछि सिटी ४–० ले विजयी भएको हो। गएराति भएको खेलमा सेफिल्ड युनाइटेडले टोटनह्यामलाई ३–१ गोलले पराजित गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *