काठमाडौं, २० असार–गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो मानवीय हताहतिसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ।

उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। नविन थापाले जानकारी दिएका छन्‌।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *