एजेन्सी, २१ असार–इङ्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्। गएराति भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३–० गोल अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा ओलिभर जिराउड, विलियन र रोज बार्कलीले एक एक गोल गरेका थिए।

त्यस्तै म्यानचेस्टर युनाइटेडले बोर्नमाउथमाथि ५–२ को शानदार जित हासिल गरेको थियो ।​ युनाइटेडको जितमा मासन ग्रीनवूडले २ गोल गरेका थिए भने मार्कस राशफोर्ड, एन्थोनी मार्सियल र ब्रुनो फेर्नान्डेजले एक एक गोल गरेका थिए। त्यस्तै बोर्नमाउथका लागि जुनियर स्टानिसलस र जोशुआ किंगले एक एक गोल गरेका थिए।

यो जितसँगै चेल्सीको ३३ खेलमा ५७ अंक भएको छ भने म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५५ अंक भएको छ। लिग लिभरपुलले जितिसकेको अवस्थामा म्यान्चेस्टर सिटी दोस्रो स्थानमै रहने देखिएकाले अब तेस्रो र चौथो स्थानका लागि लेस्टर सिटी, चेल्सी र युनाइटेडको प्रतिष्पर्धा देखिएको छ। तेस्रो स्थानमा रहेको लेस्टरको ३३ खेलपछि ५८ अंक रहेको छ।

गएराति नै भएका अन्य खेलमा लिसेस्टरले क्रिस्टल प्यालेसलाई ३–० ले हरायो भने आर्सनलसँग उल्भस् २–० ले पराजित हुन पुग्यो। यस्तै ब्रिस्टनले नर्विचसिटीलाई १–० ले हरायो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *