काठमाडौं, २१ असार–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी् (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार पुगेकाका प्रचण्ड अर्का अध्यक्ष ओलीसँग वार्तामा बसेका छन्।

आजको वार्तामा दुई–दुईजना सहयोगी नेताहरु समेत छन्। ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी रहेको बालुवाटार स्रोतले जानकारी दियो।

यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए। तीन घण्टासम्म चलेको सो छलफलले निष्कर्ष निकालेको थिएन। नेकपा स्थायी कमिटी बैठक सोमबार बस्दैछ। त्यसअघि नै सहमति जुटाउन उनीहरुमाथि दबाव छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *