काठमाडौँ, २२ असार–शीर्ष नेताहरुबीच शक्ति संघर्ष बढ्दै गएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले निकास पाउन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीच आइतबार भएको ‘निर्णायक वार्ताु पनि बिना निष्कर्ष नै टुंगियो।

प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर यतिखेर अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूह एकजुट भएका छन्‌। ओली र दाहालबीचको शक्ति संघर्षले पार्टीभित्र दरार मात्रै होइन, विभाजनकै अवस्था निम्त्याइरहेको देखिएको छ।

आइतबारको वार्ता पनि निष्कर्षमा पुग्न नसकेपछि सोमबार बिहान वार्ता पुनः तय भएको छ। आइतबार भएको वार्तालाई निर्णायक तहसम्म पुर्‍याउनका लागि प्रधानमन्त्री ओली निकटका महासचिव बिष्णु पौडेल र शंकर पोखरेल र अध्यक्ष दाहालका तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए।

पार्टीभित्र देखिएको समस्या समाधानको लागि दुवै पक्षका यिनै नेताहरुमार्फत सहमति जुटाउने प्रयास भइरहेको छ। आइतबार बसेको बैठक सकारात्मक भएको बैठकमा सहभागी नेता जनार्दन शर्माले बताए। ‘पार्टीभित्र उठेका सबै विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल भयो।

बैठक सकारात्मक दिशातर्फ केन्द्रीत भएको छ’ उनले भने, ‘त्यसैले बाँकी निकास निकाल्न सोमबार पनि बैठक बस्दैछ, त्यहाँबाट विवादको निकास पाउने अपेक्षा गरेको छौँ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *