दाङ, २२ असार–तुलसीपुर उपमहानगरपालिकाबाट प्रहरीले दुई लाख रुपैयाँभन्दा बढी रकमसहित नौजना जुवाडेलाई पक्राउ गरेको छ। तुलसीपुर–७ नयाँबस्तीस्थित प्रेम सुनारको घरबाट इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले आइतबार राति करिब ९ बजे दुई लाख २५ हजार रुपैयाँसहित नौजनालाई पक्राउ जनाएको हो।

पक्राउ पर्नेमा तुलसीपुर–७ का ३६ वर्षीय प्रेमबहादुर सुनार, ३३ वर्षीय रमेश नेपाली, ३९ वर्षीय धनेश्वर विक, ३६ वर्षीय खिमबहादुर सुनार, २७ वर्षीय सन्तोष नेपाली, ३४ वर्षीय निराजन तिवारी, ३८ वर्षीय शिवकुमार स्वर्णकार, तुलसीपुर–५ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मा, तुलसीपुर–८ का ३५ वर्षीय शोभाराम सुनार र ३९ वर्षीय टंकबहादुर सुनार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *