काठमाडौं, २२ असार–शीर्ष स्थानको रियल म्याड्रिडले ला लिगामा एथ्लेटिक क्लबविरुद्ध महत्वपूर्ण जित दर्ता गरेको छ। नेपाली समयअनुसार आइतबार साँझ सकिएको खेलमा एथ्लेटिकलाई १–० गोलअन्तरले पराजित गरेको हो। रियलको जितमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेका हुन्। उनले गरेको गोल नै निर्णायक सावित भयो । उनले ७३ औं मिनेटमा गोल गरेका हुन्।

मार्सेलोलाई एथ्लेटिकका डिफेन्डरले लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रियललाई पेनाल्टीको अवसर दिएका थिए। उक्त पेनाल्टीको सदुपयोग गर्दै रामोसले टोलीलाई जित दिलाएका हुन्। एथ्लेटिकको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले गोलको निकै राम्रो अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।

खेलअवधिभर निकै सयम रियलविरुद्ध हाबी भए पनि उनले जित निकाल्न सकेन। पहिलो हाफमा केही निकै राम्रा अवसर सिजर्ना गरे पनि एथ्लेटिक घरेलु मैदानमा हार बेहोर्न बाध्य भयो। एक खेल कम खेलेको बार्सिलोनाको भने ७० अंक छ। यस जितसँगै रियलले ३४ खेलमा ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३३ खेलमा ७० अंक छ ।

बार्सिलोनाले भोलि बिहान भिल्ला रियलसँग सामना गर्दै छ। उक्त खेल बार्सिलोनाका लागि निकै महत्वपूर्ण हुनेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *