काठमाडौं, २२ असार–सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा थपलियालाई सो जिम्मेवारी दिएको बताइएको छ। यद्यपि उनको जिम्मेवारी अहिले अर्को व्यवस्था नभएसम्मका लागि मात्रै भनिएको छ। गत १७ असारमा कार्यकारी निर्देशक रहेका रमेश कुमार पोखरेलले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भइसकेको छैन।

आर्थिक बर्षको अन्त्यमा राजीनामा दिँदा थुप्रै कामहरु रोकिएको भन्दै तत्काल काम चलाउनका लागि उनलाई सो नियुक्ति दिइएको मन्त्रालयले जनाएको छ। बीमा बोर्डको कार्यकारी निर्देशकको पद खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रावधान छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *