एजेन्सी, २३ असार–इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। गएराति घरेलु मैदानमा सम्पन्न खेलमा टोटनह्यामले एभर्टनविरुद्ध १–० गोलको जीत निकालेको हो। ​

संघषपुर्णमा खेलमा टोटनह्यामका लागि एभर्टनले नै गोल उपहार दिएको थियो। खेलको २४ औँ मिनेटमा माइकल केनले गरेको आत्मघाती गोलले टोटनह्यामलाई १–० को अग्रता दिलाएको थियो। त्यसपछि दुबै टोलीले विभिन्न अवसरहरु प्राप्त गरे पनि गोल गर्न सकेनन्।

आत्मघाती गोल नै टोटनह्यामको जितका लागि निर्णायक बन्न पुग्यो। जितसँगै म्यानेजर जोसे मौरिह्नोले लिगमा २ सय औँ जित निकालेका छन्। उनले यसअघि लिगका थुप्रै क्लबमा प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *