काठमाडौं, २३ असार–गायिका मिना राईको स्वरको नयाँ गीत ‘माया पिरति’ सार्वजनिक भएको छ । मंगलबार स्टुडियो किङ मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा गायिका राईलाई खगेन्द्र राईले साथ दिएका छन् ।
यसैगरी गीतलाई अनिल कोयु राईले संगित र एरेन्ज गरेका छन् । भने राजु कार्कीले मिक्सिङ गरेका छन् । गीत कासी राईले लेखेका हुन् । यस्तै, मनोज राईको छायाँकन र सम्पादन गरेको भिडियो लोक चौतारीले निर्माण गरेको हो।
