काठमाडौं, २४ असार–काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि रातो मछिन्द्रनाथको रथारोहण रोकिएको छ। रथ तयार पार्ने अनुमति पाएपछि रथ निमार्ण सम्पन्न गरी आज मछिन्द्रनाथको रथारोहण गर्ने तयारी हुँदै गर्दा गुठी संस्थान ललितपुरले मच्छिन्द्रनाथको रथारोहण रोक्ने निर्णय गरेको हो।

गत बैशाखमै हुनुपर्ने रथारोहण लामो समय लकडाउन भएपछि करिब १५ दिन अघिमात्रै रथ निमार्ण कार्य शुरु गरिएको थियो। जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको बैठकको निर्णयलाई आधार मानेर रथारोहणमा रोक लगाइएको गुठि संस्थानले जनाएको छ।

गुठी संस्थानले सल्लाह नगरी रथारोहण कार्य रोक्ने निर्णय गरेको भन्दै ललितपुरका जातीय समाजले विरोध गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *