सिन्धुपाल्चोक, २५ असार–सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। भने दुई जनाको शव फेला परेको छ।

ठूलो पहिरो गएको छ, १८ जना बेपत्ता भएको सूचना आएको भएपनि एकिन गर्न सक्ने अवस्था नरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताए। ‘अहिले जम्बोमा जान लागेको छु, घटनास्थल जान सक्ने अवस्था छैन, उनले भने, ‘जुरे, बाह्रबिसे लगायतको क्षेत्रमा पनि बाटो अवरुद्ध छन्, पुल बगाएको छ।’ पहिरोले कति घर पुरिए भन्ने अनुमान गर्ने अवस्था नभएको शेर्पाको भनाइ छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *