काठमाडौं, २५ असार–इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। गएराति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३–२ गोल अन्तरले पराजित गरेको हो। क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक÷एक गोल गरे। क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए।

चेल्सको छैठौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो। विलियनको पासमा जेरुडले सहज गोल गरे। खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता २–० को बन्यो। उनले पनि विलियनको पासलाई सदुपयोग गरे। खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३–२ गोल अन्तरले बिजयी भयो। प्रिमियर लिगको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ। त्यस्तै आर्सनल लिसेस्टरसँग १–१ को बराबरीमा रोकियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *