काठमाडौं, २५ असार–स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले इस्पानियोललाई पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले इस्पानियोललाई १–० गोलले पराजित गरेसँगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा झारेको छ। लिगमा रियलको ७७ अंक र बार्सिलोनाको ७६ अंक छ।

पराजित एस्पानियोल भने २४ अंकसहित तालिकाको अन्तिम स्थानमा छ। बार्सिलोनाको जितमा खेलको ५६ औँ मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णायक बन्यो। त्यसअघि खेलको ५० औँ मिनेटमा अन्सु फाटीले रातो कार्ड खाँदै मैदान छोडेका थिए। त्य

सको ३ मिनेटमै एस्पानियोलका पोल लोजानो पनि रातो कार्ड खाएर मैदान बाहिरएपछि दुबै टोली १० जनामा सिमित भए। ला लिगा अन्तर्गत गएरातिका अन्य खेलमा भिल्लारियलले गेटाफेविरुद्ध ३–१ गोलको जित निकालेको छ भने रियल बेटिसले ओसासुनालाई ३–० गोलले पराजित गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *