एजेन्सी (काठमाडौं), २५ असार–भारत कानपुरका डीएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा नाइके विकास दुबे पक्राउ परेका छन्। मध्य प्रदेशस्थित उज्जैनबाट उनी पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले विकास दुबे प्रकाउ परेको पुष्टि गरेका छन् तर थप जानकारी दिन अस्वीकार गरेका छन्। उनले विकास दुबे पक्राउ गर्नु मध्य प्रदेश प्रहरीको ठूलो सफलता भएको बताएका छन्। उनका अनुसार दुबे अहिले मध्य प्रदेश प्रहरीकै हिरासतमा छन्।

दुबेलाई उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीले समातेर मध्य प्रदेश प्रहरीलाई बुझाएको बीबीसीले उल्लेख गरेको छ। थाहा खबरबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *