काठमाडौं, २६ असार–इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले फराकिलो जित निकालेको छ। आज विहान सकिएको खेलमा म्यानचेष्टरले एस्टन भिल्लालाई ३–० गोलले हराएको हो।

म्यानचेष्टरको जितमा ब्रुनो फर्नान्डेज, म्यासन ग्रिनउड र पउल पोग्बाले एक–एक गोल गरे। फर्नान्डेजले २७ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा ग्रिनउडले अर्को गोल थपेपछि म्यानचेष्टरले २–० को अग्रता बनायो।

खेलको ५८ औं मिनेटमा पोग्वाले गोल गरेपछि म्यानचेष्टर ३–० ले अघि बढ्यो। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र एस्टोन भिल्ला ३–० ले पराजित भयो । जितसँगै म्यानचेष्टर ५८ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने एस्टन भिल्ला २७ अंकसहित पुच्छारबाट दोस्रो स्थानमा छ।

गएराति भएका अन्य खेलमा एभर्टन र साउथह्याम्पटनले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् भने टोटनह्याम र एएफसी बर्नमाउथबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *