काठमाडौँ, २६ असार–आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्ने ज्योतिष अर्जुन थापा पक्राउ परेका छन्। क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोली र काठमाडौं अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेको हो ।

आफूलाई अख्तियारको सहसचिव’भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको स्रोतले जानकारी दियो। नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए।

बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीनजना अख्तियारको फन्दामा परेको स्रोत बताउँछ।

यसअघि पनि उनी नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए।

–थाहा खबरबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *