शिबगञ्ज, २६ असार–झापाको शिबसताक्षी–६ वडा कार्यालयले शुक्रबार जेष्ठ नागरिकहरुलाई एकै ठाउँमा बृहत भेला गर्यो । शिबगञ्जस्थित जन आर्दश माध्यमिक बिद्यालयको भवनमा आयोजित भेलाको मुख्य उदेश्य थियो, मनोसामाजिक परामर्श अन्तर्गत जेष्ठनागरिकहरुमा देखिएका सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, पारिवारिक लगायतका समस्याहरुबाट न्यूनिकरण र नियन्त्रण गर्नु हो । अर्थात, उनीहरुको अनुभव साटासाट गर्ने, एक आपसबीचमा चिनजान गराउने ।

वडा कार्यालय शिबगञ्जले आयोजना गरेको कार्यक्रममा वडाका ६० जना बढी जेष्ठ नागरिकहरुको सहभागिता थियो । सहभागि जेष्ठ नागरिकहरुलाई कार्यक्रममा वडा अध्यक्ष मनोज खुलाल कार्कीले खादा ओढाएर एक-एक बोतल हर्लेक्स बितरण गरेका थिए । वडाध्यक्ष कार्की शिबसताक्षी नगरपालिकाभित्र कान्छो उमेरका वडा अध्यक्ष हुन् । उनी, नेपाली कांग्रेस पार्टीको शिबसताक्षी–६ शिबगञ्जमा निर्वाचित भएका हुन् ।

सोही अवसरमा मनोपरामर्श सम्बन्धी तालिम समेत आयोजना गरिएको थियो । बृद्धवास्था हुदै गएपछि उनीहरुमा निराषा, चिन्ता, तनाव लगायत मानसिक तथा आर्थिकरुपले पीडित हुन्छन् । यस्ता समस्या, बाध्यता र परिस्थितिहरुबीच उनीहरुलाई एक ठाउँमा भेला गराएर आ–आफ्ना अनुभवहरु साटासाट गर्ने र मनोपरामर्श सम्बन्धी तालिम आयोजना गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

तालिमलाई मनोपरामर्शदाता टीकाराम लामिछानेले सहजिकरण गरेका थिए । लामिछानेले जेष्ठनागरिकहरु ज्युदो इतिहास भएको र उनीहरुको उचित सम्मान गर्न समाजको जिम्मेवार र दायित्व भएको बताए । उनले सहभागि जेष्ठनागरिकहरुलाई मनोरञ्जनात्मक ढंङ्गमा आफ्ना प्रस्तुतीहरु दिएका थिए ।

तालिम समापन पश्चात सहभागिको तर्फबाट निर्मला तिम्सिना र गंगाराम खनालले तालिम सम्बन्धी आफ्ना सिकाई र बुझाईहरुको बारेमा बिचार राखेका थिए । उनीहरुले तालिम लाभदायी भएको भन्दै आयोजक र प्रशिक्षकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा शिबसताक्षी–६ का वडा सदस्य लक्ष्मीप्रसाद गुरागाई, वडा सचिब नवराज घिमिरे, जन आदर्श माध्यमिक बिद्यालयका प्रधानध्यापक तुलशीप्रसाद अधिकारी, नगर खेलकुद समिति शिबसताक्षी–६ का अध्यक्ष गोकुल बिमली, बिद्यालयका पूर्वबिद्यार्थी समन्वय समितिका सदस्य सन्तोस भट्टराई, प्यावसन प्रदेश १ का उपाध्यक्ष मिलन ढुंङ्गाना, पूर्व वडाअध्यक्ष देबीप्रसाद राजवंशीको उपस्थिति थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *