काठमाडौं, २७ असार–म्याग्दीको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर हराइरहेका १३ जनाको शव भेटिएको छ। हिजो शुक्रबार तीन जनाको र आज १० जनाको शव भेटिएको हो। म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार धवलागिरि गाउँपालिकाको मराङमा १० जनाको शव भेटिएको छ।

यी मध्ये एक वालक रहेको उनको भनाई छ। अझै २२ जना हराइरहेका छन्। त्यस्तै बेपत्ता हुनेहरुमा मराङ र बिममा दर्जनौँ मानिस पहिरोमा पुरिएको जानकारी आएको उनले बताए। त्यहाँ उद्धारको लागि हेलिकोप्टर लगेपनि मौसम प्रतिकुल भएको कारण उद्धार हुन सकेको थिएन।

मराङ र बीममा हिजो शुक्रबार नेपाली सेनाको हेलिकोप्टर जानको लागि तीन पटक प्रयास गरेपनि सकेको थिएन। आज पनि सेनाको हेलिकोप्टर लैजाने तयारी गरिरहेको म्याग्दी प्रहरीले जनाएको छ। मराङमा अहिले एक सुत्केरी र ७ जना मानिस पहिरोको जोखिममा छन उनीहरु कतै जान सक्ने अवस्थामा नरहेकोले तत्कालै उद्धार गर्नुपर्ने कुँवरले बताए। हिजो देखि ८ जना नै पहिरोको जोखिममा अड्किएका छन्।

पहिरोको कारण सदरमुकामबाट गएको नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय युवाहरुको टोली मराङ अझै पुग्न सकेको छैन।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *