काठमाडौ, २७ असार–अहिले नेपालको अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। वर्षाकै कारण देशका ठूला तथा साना नदीहरूको बहाव पनि बढेको छ। बाढी पहिरोको कारण दुई दिनमै ४० जनाले ज्यान गुमाइसकेका छन्। कैयौँ विस्थापित भएका छन् कयौँ घाइते।

मौसम पूर्वानुमान महाशाखाले आज पनि ठूला तथा साना नदीको बहाव बढ्ने भन्दै सतर्कता अपनाउन भनेको छ। आज कन्काई, कोशी, कमला,बागमती र नारायणीमा बहाव उच्च सतर्कता आसपास आइपुग्ने जनाएको छ। कन्काईमा जल स्तर खतरा आसपास पुग्न सक्ने महाशाखाको अनुमान छ।

प्रदेश १ र २ को चुरे र तराईबाट बहने स–साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ। महाशाखाले भारतीय सीमा आसपास डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ। त्यस्तै गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि अझै जोखिम कायमै रहेको महाशाखाले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *