पथरी, २७ असार–१३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक विजेता नेपाली महिला फुटबल टोलीका दुई खेलाडी गृह नगरमा सम्मानित भएका छन्। मोरङको लेटाङ नगरपालिकाले महिला टोलीका सदस्यद्वय मनमाया लिम्बू र इन्दिरा राईलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो। नगरप्रमुख शंकर राईले उनीहरुलाई नगद र सम्मानपत्र प्रदान गरे।

सन २०१४ बाट नेपाली महिला राष्ट्रिय टिमको डिफेन्स लाइन सम्हालेकी लेटाङ–६ की मनमाया हाल सशस्त्र प्रहरी बलमा आवद्ध छिन्। उनले १३ औं सागपछि राष्ट्रिय टोलीबाट सन्यास लिएकी छन्। त्यसैगरी सन् २०१८ मा ओलम्पिक छनोटबाट नेपाली राष्ट्रिय टोलीमा परेकी लेटाङ–९ की इन्दिराले नायज्दा कपबाट डेब्यु गरिन्। उनले ओलम्पिक छनोट, नायज्दा कप र १३ औं सागमा नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएकी छन्।

विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सेन्टर मिडफिल्डर इन्दिरा दाङमा ड्युटीमा रहेका कारण सम्मानपत्र ग्रहण गर्न उपस्थित भएकी थिइनन्। उनको अभिभावकले सम्मानपत्र ग्रहण गरेका थिए। सम्मानपछि प्रतिक्रिया दिँदै मनमायाले नगरबाट पाएको सम्मानले नेपाली फुटबल विकासमा लाग्न अझ बढी प्रेरणा दिएको बताइन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *