दमक, २७ असार–झापाको अर्जुनधारा नगरपालिकाले सलह कीरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए। ‘सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ, उनले भने, ‘नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने योजना ल्याएका छौँ।’

खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी रु ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *