काठमाडौं, २७ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको टिप्पणी गरेका छन् ।

नेता पौडेलले प्रधानमन्त्रीको राष्ट्रियताको कागजी बाघ दिनहुँ निरीह बन्दै गइररहेको समेत आरो लगाएका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता–कार्यकर्ताहरुसँगको ‘भर्चुअल’ छलफलमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले जति नै राष्ट्रियताको नारा लगाए पनि भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न नसक्ने समेत दावी गरे ।

उनले नयाँ नक्सा जारी गर्न सबै दल एक ठाउँमा जुटेको सुनौंलो अवसरमा वार्ताको वातावरण बनाउँदै जानु पर्नेमा गाली गलौजमा उत्रिएर सरकार आफैले भारतसँगको वार्ताको वातावरण बिगारेको उनले आरोप लगाए ।

कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको दावी गदै नेता पौडेले भने, ‘कम्युनिष्टहरुले समाजवाद र समानता भन्ने गरे पनि भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने काम गरिरहेका ।’

नेता पौडेलले गरिबी, अशिक्षा तथा महामारी रोक्न कम्युनिष्ट सरकार चौतफी असफल भइसकेको बताउँदै कम्युनिष्टहरुसँग जनता झुक्याएर सत्ता हत्याउने जालझेल बाहेक काम गर्ने ढङ्ग नभएको आरोप लगाए ।

उनले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । पौडेलले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छन् किन भन्नेमा खबरदारी गर्न आग्रह समेत गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *