दमक, २७ असार–लगातारको बर्षासँगै कनकाई नदिमा आएको बाढी र कटानबाट झापा शिवसताक्षी–१० माईधारका ४ घरपरिवार विस्तावित भएका छन् ।
माइधार सुकुम्बासी टोलका ४ घरधुरी विस्तावित भएका हुन् । विस्तावित हुनेहरुमा प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, दुर्गा ऋिषिदेव, श्यामलाल ऋिषिदेव रहेका छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी , जनप्रतिनिधि ,अस्थाई प्रहरीबिट माईधार तथा स्थानिय बासीको सहयोगमा सूरक्षित स्थानतर्फ सारिएको छ । विस्तावित परिवालाई नेपाल रेडक्रस सोसाइटी भद्रपुर शाखाले त्रिपाल वितरण गरेको रेडक्रसकर्मी चन्द्र चुडालले जानकारी दिए ।
यस अघि बाढी कै कारण ५ घर परिवार विस्थापित भएका थिए । कनकाई नदि कटानबाट सुकुम्बासी टोलका अन्य १० घर परिवार उच्च जोखिममा रहेको शिवसताक्षी नगरपालिका वडा नं। १० का वडा अध्यक्ष कर्ण बहादुर थापाले जानकारी दिए ।
मौसम पूर्वानूमान शाखाले २६ गतेबाटै देशका पूर्व क्षेत्र लगायत अन्य स्थानमा अत्याधिक वर्षा हुने भन्दै सचेतना समेत गराएको थियो ।
