काठमाडौं, २८ असार–संखुवासभाको सिलिचोङ गाउँपालिकामा अविरल वर्षासँगै गएराती पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्। तीन जनाको जिवितै उद्दार गरिएको छ। सिलिचोङ गाउँपालिका वडा नम्बर एक बेसिन्दामा भीम बहादुर राईसहित आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

सिलिचोङ गाउँपालिका वडा नम्बर दुई स्थित सिसुवा प्रहरी चौकी र वडा नम्बर तीनमा रहेको ताम्गुको प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनास्थल विकट स्थानमा रहेको र पानी पर्ने क्रम नरोकिएकालेबिच बाटोमा स–साना पहिरो झरेकोले उद्दारका लागि गएको टोलीलाई सिलिचोङ तर्फ जान पुग्न समस्या परेको डीएसपीले मल्लले बताए। टोलीलाई घटनास्थलमा पुग्न अझै दुई-तीन घन्टा लाग्ने मल्लले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *