झापा, २८ असार–कन्काई नदीमा आएको बाढीले बगाउँदा झापाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ। मलामी जाँदा पौडी खेल्न नदीमा पसेका उनलाई बाढीले बगाएको हो। खोजी तथा उद्धारमा खटिएको प्रहरीले उनको शव बाह्रदशी गाउँपालिका–२ मा फेला पारेको थियो।
झापाकै भद्रपुर नगरपालिका-३ मा मेची खोलाले बगाउँदा स्थानीय ३३ वर्षीय हिरण राई बेपत्ता भएका छन्। नुहाउन जाँदा उनलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ। प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले उनको खोजी गरिरहेको छ।
