काठमाडौं, २८ असार–स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जीत निकालेको छ। गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको १५ औँ मिनेटमा अर्टुरो भिडालले निर्णायक गोल गरे।

जितसँगै बार्सिलोनाले रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ। बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ। एक खेल कम खेलेको रियलको ८० अंक रहेको छ। ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा रहेको छ।

गएराति नै भएको ला लिगाको अर्को खेलमा एथ्लेटिको मड्रिडद्धारा रियल बेटिस १–० ले पराजित भएको छ। त्यस्तै ओसाउनाले सेल्टा भिगोलाई २–१ गोल अन्तरले हराएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *