एजेन्सी, २८ असार–इङ्लिस प्रिमियर लिग विजेता लिभरपुल बर्नलीसँग बराबरीमा रोकिएको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली लिभरपुल अंक बाँड्न पुग्यो। खेलको ३४ औं मिनेटमा फ्याबिनोको पासमा गोल गर्दै एन्ड्रिउ रोबर्टसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलसँग बर्नलीले दोस्रो हाफमा बराबरी बनायो। खेलको ६९ औं मिनेटमा जे रोड्रिगुइजले गोल गर्दै खेल बराबरीमा ल्याए। र, लिगमा च्याम्पियन बनिसकेको लिभरपुललाई उसकै घरेलु मैदानमा बर्नलीले बराबरीमा रोक्न सफल रह्यो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा नर्विच सिटी वेस्टह्यामसँग पराजित भयो। जारी सिजन लिगबाट रेलिगेट हुने पहिलो टोली बन्यो। ​बराबरीमा रोकिएसँगै शीर्षस्थानमा रहेर च्यम्पियन बनिसकेको लिभरपुलको ९३ अंक छ।

गएराति नै भएको अर्को खेलमा सेफिल्ड युनाईटेडले चेल्सीलाई ३–० ले पराजित गर्दा म्यानचेष्टर सिटीले ब्राइटनलाई ५–० ले हरायो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *