एजेन्सी, २९ असार–प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई युरोपेली प्रतियोगितामा लागेको दुई वर्षको प्रतिबन्धको फुकुवा भएको छ । खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स कासले सिटीमाथि लागेको प्रतिबन्ध सोमबार सुनुवाइ गरेको हो ।

प्रतिबन्ध फुकुवा भएसँगै सिटीले अब च्याम्पियन्स लिग फुटबल खेल्ने भएको छ । अन्य युरोपेली लिग पनि खेल्न पाउने भएको छ ।

प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो । सिटीलाई गत फेब्रुअरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो । यूईएफएको क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *