काठमाडौं, २९ असार–स्पेनिस फुटबल लिग ला लिगामा अब तीन खेल बाँकी छ। उपाधि होडमा भने चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिड आफ्नो दाबेदारीमा कायम छन्। बार्सिलोनाको तुलनामा रियललाई यो सिजनको उपाधि यात्रा केही सहज छ, अर्थात रियलको हातमा उपाधि छ। तर बार्सिलोनाले भने रियलको हारको प्रतिक्षा गर्नु पर्ने छ।

शनिबार बार्सिलोनाले भालाडोलिडलाई पराजित गर्दे रियलसँगको अंक दुरी पुन एक अंकमा झार्‍यो। अर्टुरो भिडालले १५ औं मिनेटमा खेलमा एकमात्र निर्णायक गोल संभव बनाए। भिडालको गोलमा मेस्सीको असिस्ट रहेको थियो, जसले मेस्सीको नाममा नयाँ रेकर्ड कायम गर्‍यो। मेस्सी एकै सिजन ला लिगामा २० भन्दा बढी गोल र समान असिस्ट गर्ने पहिलो खेलाडी बने। मेस्सी अघि जाभीले २००८–०९ को सिजनमा सर्वाधिक धेरै २२ गोलमा असिस्ट गरेका थिए । तर उनले ६ गोलमात्रै गरे। यो सिजन मेस्सीले २ गोल गरिसकेका छन् भने २० गोलमा असिस्ट गरेका छन्‌।

​यसअघि इंग्लिस प्रिमियर लिगमा भने आर्सनलका पुर्व खेलाडी थिएरी हेनरीले एकै सिजनमा २० भन्दा बढी गोल र असिस्ट गरेका थिए। हेनरीले २००२–०३ को सिजनमा २४ गोल र २० असिस्ट गरेका थिए। लगातार १२ सिजन २० भन्दा बढी गोल मेस्सीले ला लिगामा लगातार १२ सिजन २० भन्दा बढी गोल गर्ने एक्लो खेलाडीमा आफुलाई उभ्याए । उनले यो उपलब्धी गत महिना कोरोनाबाट फिर्ता हुने साथ हासिल गरेका थिए।

रियललाई दुई जित आवश्यक​ला लिगामा उपाधिमा रियल बलियो छ। बाँकी तीन खेलमा रियलले दुई खेलमा जित निकाले उपाधि कब्जा गर्ने छ। बार्सिलोनासँग टक्करमा रहेपनि रियलले आफ्नो खेल जितेमा उपाधि उचाल्ने छ। यदि रियलले दुई खेल हारेको खण्डमा र बार्सिलोनाले बाँकी दुई खेल उपाधि बार्सिलोनाकै पोल्टामा पुग्नेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *