लमजुङ, ३१ असार–कोरोनाको कहरबीच लमजुङमा एकजनामा डेँगु संक्रमण देखिएको छ। सदरमुकाम बेंसीशहरमा बस्ने क्व्होलासोथर गाउँपालिका–२ की २९ वर्षीया महिलामा डेँगु संक्रमण देखिएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ज्वरो आएर स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी महिलामा मंगललबार डेँगुको जिवाणु भेटिएको हो। उनको अहिले जिल्ला सामुदायिक अस्पतालमा उपचार भैरहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिए। ज्वरो आएपछि उनी चार दिनअघि अस्पताल पुगेकी थिइन्।

गत वर्ष लमजुङका विभिन्न क्षेत्रमा गरी चारजनामा डेँगुको संक्रमण देखिएको थियो। डेँगुको बिरामी फेला परेसँगै गत वर्ष जिल्लाका विभिन्न स्थानमा डँेगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्र्ने तथा जनस्तरमा सचेतना फैलाउने अभियान समेत सञ्चालन गरिएको थियो। डेँगु ‘एडिस एजिप्टाई’ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो।

यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिबिरा आउने आदि लक्षण देखापर्ने चिकित्सकले बताएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *