म्याग्दी, ३१ असार–उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको गुईंठेभीरबाट मंगलबार राती बा २ ख ३४२४ टिप्पर​ कालिगण्डकी नदीमा खसेको छ। मंगला गाउँपालिका–५ छिस्वाङ घर भएका चालक २७ वर्षिय ज्ञानबहादुर पुन बेपत्ता भएका छन्‌।​

अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माणधीन अवस्थामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको सो टिप्पर कालीगण्डकी नदीमा खसेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए। उनका अनुसार ​गुईंठेबाट गिटीबालुवा बोकेर आयोजनातर्फ जाँदै गर्दा सो टिप्पर नदीमा खसेको हो। ​

टिप्परसँगै बेपत्ता भएका चालकको खोजीकार्यका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ। सडक हिलाम्ये भएका कारण उत्तरी क्षेत्रमा बर्खाको समयमा धेरै दुर्घटना हुने गरेको छ। बर्खायाममा साँझपख भीरबाट ढुंगा खस्ने भएकाले विगतमा साँझ–बिहान सवारीसाधन आवतजावतमा रोक लगाउने गरिएपनि यसवर्ष नियमित सञ्चालन भइरहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *