एजेन्सी, ३१ असार–इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पराजित गरेको छ। चेल्सीको जितमा खेलको एक मात्र गोल ओलिभर जिराउडले गरेका हुन्। उनले खेलको पहिलो हाफको अन्तिम मिनेट गरेको निर्णायक गोल नै खेलको निर्णायक गोल हुन पुग्यो।

जितपछि चेल्सीले अन्तिम चारमा लिग अन्त्य गर्ने सम्भावनालाई कायम राखेको छ। हाल तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलपछि ६३ अंक भएको छ र चौथो स्थानमा रहेको लेस्टर सिटीभन्दा ४ अंकले अगाडी रहेको छ।

त्यस्तै रेलिगेसनमा परिसकेको नर्विच सिटीको भने ३६ खेलमा २१ अंक छ र लिगको पुछारमा रहेको छ। चेल्सीले अब लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलसँग खेल्ने छ। प्रिमियर लिगको उपाधि भने लिभरपुलले जितिसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *