काठमाडौं, ३१ असार–सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी बलात्कार अभियोगमा प्रक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठका अनुसार एक महिलालाई बोलाएर बलात्कार गरको मौखिक उजुरीको आधारमा उनी पक्राउ गरिएको हो।

‘एक महिलाले हामीलाई टेलिफोनबाट उजुरी दिनुभयो । हामीले तत्कालै अधिकारीलाई पक्राउ गरेर थप अनुसन्धान गर्दैछौुं, उनले भने। बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर अधिकारीले बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छन्।

पीडित महिलालाई स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *