एजेन्सी, १ साउन–म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी भएको छ । गए राति भएको खेलमा सिटीले बर्नेमाउथमाथि २–१ गोलले विजयी भएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे । बर्नेमाउथका लागि डेभिड ब्रुक्सले एक गोल फर्काएका थिए ।
खेलको छैटौं मिनेटमा नै सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३९ औं मिनेटमा जिससले गोल गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले सिल्भाको पासमा गोल गर्दै पहिलो हाफमा सिटीलाई २–० गोलको अग्रता दिलाएका हुन् ।
त्यस्तै, दोस्रो हाफमा ८८ औं मिनेटमा बर्नेमाउथका डेभिड ब्रुक्सले गोल गर्दै खेलमा फर्किने संकेत दिएका थिए । तर, थप गोल हुन नसक्दा बर्नेमाउथ सिटीसँग २–१ गोलले पराजित हुँन पुग्यो ।
यस जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । त्यस्तै, पराजित बर्नेमाउथ समान खेलबाट ३१ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ ।
